Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगले राष्ट्रियसभाको एक सिटका लागि माघभित्र उपचुनाव गर्ने

काठमाडौं । राष्ट्रियसभाको रिक्त रहेको एक सिटका लागि माघभित्र उपचुनाव हुने भएको छ ।

राष्ट्रियसभा सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि मतदाता हुने भएकाले तत्काल रिक्त स्थान पूर्ति गर्नुपर्ने भएकाले उपचुनाव हुन लागेको हो ।

उपचुनावका लागि मिति तय गर्न सोमबार निर्वाचन आयोग पदाधिकारीको बैठक बस्दैछ । प्रतिनिधिसभा चुनावमा उठ्नका लागि एमालेका सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रियसभामा एक सिट खाली भएको थियो ।

यसबारे सोमबार आयोग पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेर जानकारी गराएका छन् । प्रधानमन्त्री दाहालले आयोगले उपयुक्त ठानेको समयमा उपचुनाव गर्न सकिने बताएका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा आयोग पदाधिकारीले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कानुनी प्रक्रियाबारे जानकारी गराएका थिए । राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरु मतदाता हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077