Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डले विश्वासको मत २६ गते लिने, राष्ट्रपतिको चुनाव चाँडै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन्। यस्तै दाहालले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन्। उनले सोमबार आयोगका पदाधिकारीसँग यो विषयमा छलफल गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ गतेलाई संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिसकेकी छन्। त्यसको भोलिपल्ट प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन प्रधानमन्त्री दाहालले सूचना गरेको संघीय संसद् सचिवालयले जनाएको छ।

‘प्रधानमन्त्रीले पत्राचार गरी कार्यसूचीमा समावेश गरिदिन आग्रह गर्नुभएको छ’, संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘सचिवालयका तर्फबाट हामीले आवश्यक व्यवस्थापन गर्छौं।’

दाहाल पुस १० गते तेस्रोपटक संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका थिए। उनले भोलिपल्ट ११ गते शपथ लिएर कार्यभार सम्हालेका हुन्। नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077