Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अत्यधिक धूँवा फाल्ने १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले अत्यधिक वायु प्रदूषण गर्ने १४ वटा सवारी सधानलाई कारबाही गरेको छ ।

मंगलबार काठमाडौंको कलंकीमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङमा अत्याधिक धुँवा फाल्‍ने सवारी साधनमाथि कारबाही गरिएको हो ।

दिउँसो १ बजेदेखि २ बजेसम्म गरिएको चेकिङमा ती सवारी साधनका चालक कारबाहीमा परेका हुन्।

वातावरण विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको तालिम प्राप्त दक्ष प्राविधिक सहितको टोलिले ४३ वटा सवारी साधनको जाँच गरेको थियो ।

नियन्त्रणमा लिइएका कागजपत्र सवारी साधन ठीक बनाएर जरिवाना तिरी फिर्ता लैजान सकिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077