Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

शेखर-गगन समूहको भेला आज, आगामी रणनीतिबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज बस्दै छ ।

गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न संस्थापनइतर समूहले भेला बोलाएको हो ।

बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा तय गर्ने बताइएको छ । कार्यसमिति बैठक पुस २८ गते बस्ने तय भएको छ ।

नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरु शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत बसेर छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077