Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बालिका बलात्कार गरेको आराेपमा युवक पक्राउ

दाङ । बालिका बलात्कार गरेको आरोपमा दाङमा एक युवक पक्राउ परेका छन् ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा लमही नगरपालिका-९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव पक्राउ परेका हुन् ।

यादवले ती बालिकालाई सोही नगरपालिका-९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077