Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीको दबाबमा बलात्कार मुद्धा मिलाउन ठुलो आर्थिक चलखेल

दाङ । दाङ प्रहरीले आर्थिक चलखेल गरेर बलात्कार मुद्धा मिलाएको पाईएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा दर्ता भएको एउटा बलात्कार मुद्धा प्रहरीले नै मिलाएको हो ।

घोराही १० नारायणपुर बस्ने प्रेम बस्नेतविरुद्ध बलात्कार गरेको भन्दै युवतीले उजुरी दिएकी थिइन् । नारायणपुरमा हार्डवेयर बस्दै आएका बस्नेत केहि महिना भागेर बिताए भने अन्तिममा लाखौँ रुपैयाँ सेटिङ गरेर आफ्नो दर्ता भएको मुद्धा फिर्ता गर्न सफल भएका हुन् ।

बस्नेतले आफू विरुद्धको जबरजस्ती करणी मुद्धा प्रहरीकै सहयोग लिएर डिसमिस पारेका हुन् । आफू विरुद्ध जाहेरी हाल्ने युवतिलाई मुद्धा फिर्ता लिने सर्तमा लाखौँ रुपैयाँ दिई विदेश पठाएको खुल्न आएको छ ।

केही दिनमै प्रहरीले पनि मुद्धा फिर्ता लिई आर्थिक चलखेलमै टुङ्ग्याएको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी डीएसपीले पिडकसँग आर्थिक चलखेल गरी मुद्धा फिर्ता लिन लागाएको पनि आरोप छ । त्यस्तै बिहे गर्ने आश्वासनमा आफूमाथि पटक पटक बलात्कार गरेको भन्दै दाङमा एक युवतीले हालेको उजुरी पनि प्रहरीकै मिलेमतोमा मिलापत्र गरिएको छ ।

प्रहरीले सामान्य घटना भएको भन्दै मिलापत्रका लागि युवतिलाई पनि दबाब दिएको बुझिएको छ । केटा केटी दुबै जनालाई थुनेर प्रहरीले मिल्न दबाब दिएको पीडित पक्षले जनाएका छन् । उजुरीपछि प्रहरीले बलात्कारको आरोपमा घोराही २ बाट शिवम न्यौपाने पक्राउ गरे पनि दबाबमा परेर दाङका एसपी वीर बहादुर वली र डीएसपी राजन गौतमले आर्थिक चलखेलकै कारण मुद्धा डिसमिस पारेर अन्तः छुटेका हुन ।

युके बस्दै आएका उनी हालै मात्रै नेपाल आएका थिए । एक २५ वर्षीया युवतीलाई विवाह गर्छु भन्दै फकाएर शारीरिक सम्बन्ध राखेको न्यौपानेमाथि आरोप थियो । ती युवतीले आफूलाई विवाह गर्ने आश्वासन दिएर युवकले पटक पटक करणी गरेको उजुरीमा उल्लेख गरेकी थिइन ।

युके हुँदादेखि नै उनीहरूबीच सामाजिक सञ्जालमार्फत कुराकानी हुँदै आएका थियो । आरोपित न्यौपानेले तीन दिन अघिमात्रै अर्कैसँग बिहे गरेका थिए । आफूलाई आश्वासन दिएर अर्कैसँग बिहे गरेपछि युवती प्रहरीमा पुगेकी हुन् । युवक र जाहेरी दिने युवती दुवै जना डिभोर्सि रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077