Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेड मर्करी भन्दै ठगी गर्न खोज्ने ९ जना प्रहरी फन्दामा

काठमाडौं । रेड मर्करी भन्दै ठगी गर्न खोज्ने ९ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।

धुम्बाराही क्षेत्रमा रेड मर्करी भन्दै एक करोडमा बेच्ने भन्दै मोलमोलाई गरेको सूचना पाएपछि खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौंको क्षेत्रपाटी घर भइ बालाजु बस्दै आएका ३९ वर्षीय अख्तर हुसेन, धादिङको गल्छी गाउँपालिका–६ का ३० वर्षीय राज मगर, रुपन्देहीको कन्चन गाउँपालिका–५ का ३८ वर्षीय मिनबहादुर दर्जी, म्याग्दीको बेनी नगरपालिका–५ का ४५ वर्षीय प्रेमबहादुर बाँनिया, धादिङको धुनिबेशी गाउँपालिका–२ का २५ वर्षीय कृष्णकुमार परियार छन्।

त्यसैगरी प्युठानको नौबैरी गाउँपालिका–३ का ५१ वर्षीय गंगाबहादुर बुढा, बाग्लुङको जलजला गाउँपालिका–४ का ५१ वर्षीय मुयाल बुढा, रौतहटको गुजरत नगरपालिका–२ का ३८ वर्षीय संगम लामा र उदयपुरको उदयपुरगढी गाउँपालिका–५ का ३९ वर्षीय बलजित विश्वकर्मा छन्।

पुराना रेडियो तथा टिभीमा रेड मर्करी हुने र उक्त मर्करी बहुमुल्य हुने भन्दै ठगी हुने गरेको छ। तर यस्ता लिडहरु कुनै बहुमुल्य सामानहरु नभएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077