Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्पेनी ला लिगा : बार्सिलोनालाई शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता

काठमाडौं । शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पेनी ला लिगामा स्पष्ट तीन अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाले घरेलु टोली एट्लेटिको म्याड्रिडलाई १–० गोल अन्तरमा हराउँदै लिग तालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको हो।

वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पहिलो हाफमा औसमाने डेम्वेलेले गरेको गोल नै निर्णायक बन्यो ।

यो जितपछि बार्सिलोनाको ४१ अंक भएको छ । रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ र उसको ३८ अंक छ । खेलको अन्त्यमा बार्सिलोना र एटलेटिको दुवै १० खेलाडीमा सीमित रहे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077