Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माघ २ देखि मतदाता नामावली संकलन र अद्यावधिक हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली सकंलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सकंलन र अद्यावधिको काम बन्द गरेको थियो ।

गत साउन १९ गतेदेखि मतदाता नामावली सकंलन र अद्यावधिकको काम स्थगित भएको थियो । आगामी माघ २ गतेदेखि ३७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली प्रि-इनरोलमेन्ट प्रणाली (अनलाइन) बाट सुरु गर्नेगरी तयारी गरिएको आयोगले जनाएको छ।

बाहिरी जिल्ला मतदाता नामावली सकंलन गर्न, आफ्नो मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा आवश्यक प्रमाणसहित प्रि-इनरोलमेन्ट प्रणाली (अनलाइन) आवेदन गर्न सकिने आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077