Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कांग्रेसले विश्वासको मत दिने भएपछि ओलीले भने – कपमै चिया हाल्नुभयो, ‘थ्यांक्यू भेरी मच’

    कांग्रेसले विश्वासको मत दिने भएपछि ओलीले भने – कपमै चिया हाल्नुभयो, ‘थ्यांक्यू भेरी मच’

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 600
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकामा नेपाली कांग्रेसलाई धन्यवाद दिएका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि लोकतन्त्रको नयाँ भाष्य स्थापित भएको बताएका हुन्।



    उनले भने, ‘डेमोक्रेसीको एउटा नयाँँ भाष्य स्थापित गर्नुभएको छ, यसबारेमा देशमा पनि छलफल होला, विदेशमा पनि छलफल होला, इतिहासमा पनि छलफल होला । नयाँ इन्टरप्रिटेसन छ ।’



    ओलीले सोमबार एक कार्यक्रममा कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

    मंगलबार कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सुनाएपछि ओलीले भने ‘कपमै चिया हाल्नुभयो, थ्यांक्यू भेरी मच ।’

    उनले गिलास खाली हुँदाहुँदै चिया किन कार्पेटमा पोख्ने भनी टिप्पणी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार