Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फेसबुकमा जागिरको विज्ञापन गरेर १८ लाख ठगी, एक जना पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीमा पठाउने भन्दै फेसबुकमा विज्ञापन देखाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपलिका घर भई हाल नागार्जुन नगरपलिका ४ रानीपाटी बस्ने २३ वर्षीय मनम घर्ति रहेका छन् ।

घर्तिले सुरज थापा नामबाट फेसबुकमा विज्ञापन गरेर पीडितहरूलाई सम्पर्कमा ल्याउँने गरेको प्रहरीले बताएको छ ।

विदेशी नम्बरको ह्वाट्स एपमा सम्पर्क गरेपछि आरोपीले पीडितहरूलाई आफ्नै खातामा पैसा जम्मा गर्न लगाउँथे ।

पैसा जम्मा गरेपछि सक्कल नागरिकता र पासपोर्ट मागेर पीडितकै नामको सिमकार्ड निकालेर अनलाइन बैंकिङ मार्फत ‘ओटिपी’ कोड लिएर पैसा चोर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

मनम र अर्का एकजना मिलेर १८ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । ठगेको रकम दुबईमा बस्ने शेर बहादुर चौधरीलाई पठाउने गरेको मनमले प्रहरीलाई बताएका छन् ।

आरोपीहरू विरुद्ध ४ जनाले जाहेरी दिएका छन् । मनमको डेराबाट प्रहरीले १७ वटा नागरिकता बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077