Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • सभामुख चयनका लागि माघ ५ गते निर्वाचन हुने

    सभामुख चयनका लागि माघ ५ गते निर्वाचन हुने

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 450
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि आगामी माघ ५ गते निर्वाचन हुने भएको छ ।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सभामुखको निर्वाचनबारे जानकारी दिएका हुन् ।



    बैठकको अध्यक्षता गरिरहेका जबराले माघ २ गते सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशन गर्नसमेत निर्देशन दिएका छन् ।



    प्रतिनिधिसभाको अर्को बैठक माघ ५ गते बिहान ११ः०० बजेका लागि बोलाइएको छ ।

    प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार