Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एन्फाले बोलायो आपतकालिन कार्यसमिति बैठक, के छ एजेण्डा ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार कार्यसमितिको आपतकालीन बैठक डाकेको छ ।

एन्फाका महासचिव किरण राईले कार्यसमितिका सदस्यहरुलाई पत्र पठाउँदै शुक्रबारका लागि आपतकालीन बैठक डाकेका हुन् ।

'अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ (२) बमोजित विशेष परिस्थितिमा कार्यसमितिको आपतकालिन बैठकमा उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु,' महासचिव राईले हस्ताक्षर गरिएको पत्रमा भनिएको छ ।

बैठक शुक्रबार दिउँसो १ः०० बजे लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ । कुन कुन एजेण्डामा छलफल हुने भन्ने विषयमा पत्रका उल्लेख नगरिएको एन्फाका एक सदस्यले बताए ।

एन्फा कार्यसमितिको बैठक पछिल्लो समय कात्तिक २९ गते बसेको थियो । उक्त बैठकमा निर्णय हुन नसकेका विषयलाई पुसमा बैठक बसी टुंगाउने सहमति भएको थियो । तर, निर्वाचनलगत्तै आपसी द्धन्द्ध र शक्ति संघर्षमा फसेको एन्फा कार्यसमितिमा नेतृत्वले एजेन्डा ‘फेस’ गर्न नसक्ने भएपछि आपतकालिन बैठक बोलाइएको सदस्यहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077