Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ओलीको प्रश्न - कांग्रेसले विश्वासको मत किन दियो ?, प्रचण्डको जवाफ - स्थायित्वका लागि मागेँ

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नेपाली कांग्रेसले विश्वासको मत दिएकोबारे संशय व्यक्त गरेका छन् । गोरखाबाट फर्किएलगत्तै एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका प्रधानमन्त्री प्रचण्डलाई ओलीले यसबारे प्रश्न तेर्साएका हुन् ।

स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले कांग्रेसले यो सरकारलाई किन विश्वासको मत दियो ? भन्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले भने,'मैले स्थायित्वका निम्ति विश्वासको मत मागेको थिएँ। प्रधानमन्त्रीले प्रतिपक्षी दलको नेतासँग विश्वासको मत माग्ने परम्परा पनि छ। मैले त्यही गरेको हुँ ।'

विश्वासको मतका लागि प्रचण्डले गत सोमबार धुम्बाराही पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत मागेका थिए । यस्तै ओलीले एमाले नेतृत्वको गठबन्धनसँग स्पष्ट बहुमत रहेको भन्दै जनताका आकांक्षाअनुरुप सरकारले कामकारबाही अगाडि बढाउनुपर्ने बताएको बुझिएको छ ।

साथै भेटमा समसामयिक राजनीतिक घटनाक्रम, सत्ता गठबन्धनको अबका रणनीति, नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि अब कांग्रेससँगको सहकार्य, मन्त्रिमण्डल विस्तारलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।प्रधानमन्त्री प्रचण्ड मन्त्रीपरिषद् विस्तारको तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077