Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलका शीर्ष नेताबीच बालकोटमा संवाद

काठमाडौं । सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ दल सघन छलफलमा जुटेका छन् । जसअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा न्यूनतम साझा कार्यक्रमका एजेण्डाहरू कार्यान्वय गर्ने र मन्त्रिपरिषद् विस्तार गरेर छिट्टै सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ ।

यस्तै उनीहरुबीच सरकारको भागबण्डाका विषयमा छलफल भएको बुझिएको छ । यस्तै प्रधानमन्त्री प्रचण्ड बालकोटबाट निस्किएलगत्तै गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेद्र लिङ्देन बालकोट पुगेका थिए । स्रोतका अनुसार मन्त्रालय भागबण्डाकै विषयमा उनीहरूबीच छलफल भएको छ ।

मङ्गलबार प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077