Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुर्खेतबाट लागूऔषध ब्राउन सुगरसहित दई जना पक्राउ

सुर्खेत । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईलीका मेगराज बिक र जुम्ला चन्दनाथ नगरपालिका-५ का हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० डेरागरी बस्ने सौरभ श्रेष्ठलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो।

सुर्खेतको भेरीगंगा नगरपालिका-५ स्थित बबैई प्रहरी चेकपोष्टमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको बा ५ ख ७३२९ नम्बरको फोर्स गाडीमा सवार मेगराज बिकबाट प्लाष्टिकसहित १ ग्राम ३ सय ७० मिलिग्राम र प्लाष्टिकबाहेक ७ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।

यस्तै अर्का सौरभ श्रेष्ठबाट प्लाष्टिकसहित ९ ग्राम ६ सय ६० मिलिग्राम, प्लाष्टिक बाहेक ८ ग्राम ७ सय ७० मिलिग्राम ब्राउन सुगरसहित ६६ हजार ७ सय २० नगद, नाप तौल गर्ने डिजिटल तराजु १ थान, स्क्रिन टज मोबाइल २ थान, सादा मोबाइल १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यसबारे थप अनुसन्धान रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077