Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टिकटकमा अनलाइन जुवा खेलाउने चार जना प्रहरी फन्दामा

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टिकटकमार्फत जुवा खेलाउने चार जनालाई पक्राउ गरेको छ।

उनीहरूले काठमाडौं उपत्यकाभित्र आफ्नो इसेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई टिकटक लाइभमार्फत ठगी गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई समातेको हो।

पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका-३ घर भई ललिपुर महानगरपालिका-१७ ग्वार्को बस्ने २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुर सूर्यविनायक नगरपालिका-१० घर भई सोही स्थान बस्ने २७ वर्षका कपिल गिरी, मध्यपुर ठिमि नगरपालिका-६ घर भई हाल जिल्ला सोहो नगरपालिका-१ बस्ने २१ वर्षका प्रेम कठायत र कैलाली गौरीगंगा नगरपालिका-६ घर भई मध्यपुर ठिमी बस्ने २० वर्षका डिल्लीराज अवस्थी छन्।

गएको मंगलबार (पुस २६) गते उपत्यकाका ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानबाट उनीहरूलाई जुवा खेलाइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूलाई मुलकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त जगाती र ठिमी पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077