Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेडीयूका पूर्वअध्यक्ष शरद यादवको निधन

काठमाडौं । जनता दल युनाइटेड (जेडीयू)का पूर्वअध्यक्ष तथा भारत सरकारका पूर्वमन्त्री शरद यादवको निधन भएको छ ।

शरद यादवकी छोरी तथा कांग्रेस नेतृ सुभाषिनी शरद यादवले ट्वीटबाट उनको ७५ वर्षको उमेरमा निधनको जानकारी दिएकी हुन् ।

रिपोर्टहरूका अनुसार बिहीबार एक्कासि दिल्लीको छतरपुरस्थित निवासमा ढलेपछि उनलाई अस्पताल लगिएको थियो । यादव सन् १९८९ मा वीपी सिंहको सरकारमा मन्त्री रहेका थिए ।

९० को दशकको अन्त्यमा उनले अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा पनि मन्त्रीको रूपमा काम गरेका थिए ।

यादव एक प्रमुख समाजवादी नेता थिए जसले ७० को दशकमा कांग्रेसविरुद्ध मोर्चा खोलेर चर्चामा आएका थिए । पछिल्लो केही वर्ष खराब स्वास्थ्यका कारण उनी सक्रिय राजनीतिमा थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077