Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भन्सार छलिका १६ थान मोवाइल सेट सहित एक जना प्रकाउ

काठमाडौं । अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याईएका १६ थान  मोवाईल सहित प्रहरीले एक जनालाई  प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी सुरुङ्गा नगरपालिका घर भई ललितपुरको महालक्ष्मी नगरपालिका २ इमाडोल बस्ने अशोक कुमार मुखिया रहेका छन् ।

भन्सार छलि चोरी पैठारी गरी मोवाईल लगायतका सामग्री बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मोवाईल वरामद गरेको हो ।

ईमाडोल स्थित मुखिया बस्ने कोठाहरुमा चेकजाँच गर्दा बिभिन्न मोडलका मोबाइलहरू१६, मोबाईल कभर१२ सय थान, चार्जर१५ थान, हेडसेट १० र टेम्पर ग्लास ६० बण्डल फेला परेको र विल माग गर्दा कागजातहरु नभए पछि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मुखियालाई बरामद सामानसहित थप अनुसन्धानका लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरणमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077