Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • निर्मला कुर्मी प्रकरण : न्याय दिन गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण

    निर्मला कुर्मी प्रकरण : न्याय दिन गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 1K
    SHARES

    काठमाडौं । बाँकेकी निर्मला कुर्मी बेपत्ता पारिएको घटनामा आन्दोलनरत महिलाहरूले न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

    नेपालगन्जबाट काठमाडौं आएर माइतीघरमा १६ दिनदेखि धर्नामा बसिरहेका उनीहरूले शुक्रबार गृहमन्त्रीलाई सम्बोधन गरेर ध्यानाकर्षण पत्र बुझाउँदै न्यायका लागि अपिल गरेका हुन् ।



    तर उनीहरुले गृहमन्त्री लामिछानेलाई नभएर मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका हुन् ।



    आन्दोलनरत महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य सकिना तेलीसहित पाँच महिलाले मन्त्रालय पुगेर ध्यानाकर्षणपत्र बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार