Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वामदेव गौतम भन्छन् - आजको स्थिति बिग्रिनुमा भूमिका खेल्ने केपी ओली हुन्

काठमाडौं । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले देशको पछिल्लो राजनीतिक परिदृश्यको मुख्य योजनाकार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै सांसद गौतमले यस्तो बताएका हुन् ।उनले देशमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक एमाले अध्यक्ष ओली भएको टिप्पणी गरे ।

तर मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल प्रचण्ड रहेको उहाँको भनाइ छ । गौतमले भने,‘जुन आजको स्थिति बिग्रेको छ भनिन्छ। त्यसको निम्ती मूल कृष्ण बनेर भूमिका खेल्ने कमरेड केपी ओली हुनुहुन्छ। नेकपा एमालेका अध्यक्ष।’

उनले आफूलाई धेरै पत्रकारहरुले ‘यस पटकको राजनीतिमा भूकम्प ल्याउनेमा तपाईंले कसलाई मुख्य पात्र मान्नुहुन्छ ?’ भनेर सोध्ने गरेकोमा मैले भनेँ– पात्र त प्रचण्ड नै हो । तर योजना बनाउन र त्यसलाई कार्यान्वयनमा ल्याउने काममा केपी ओली हुनुहुन्छ । महाभारतमा अर्जुन र कृष्णहरू छन् ।

कृष्णलाई मुख्य मान्छन् तर धुनवान चढाएर सबै–सबै समाप्त गर्ने त अर्जुन नै हो । यस पटक हाम्रो देशमा घटेको यो महाभूकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली । र मुख्य पात्र प्रचण्ड हुनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077