Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेविसंघ र तरुण दललाई पूर्णता दिने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका दुई प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ ९नेविसंघ० र नेपाल तरुण दललाई पूर्णता दिने तयारी गरेको छ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचनको मिति तोकेसँगै कांग्रेसले विद्यार्थी संस्था नेविसंघ र तरुण दललाई पूर्णता दिन लागेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र तरुण दलका अध्यक्ष विद्वान गुरुङसँग छलफल गरेर चाँडो कार्यसमितिलाई पूर्णता दिन निर्देशन दिइसकेका छन् ।

नेविसंघका अध्यक्ष शेर्पाले नेविसंघ र तरुण दललाई एक हप्ताभित्र पूर्णता दिनेबारे सभापति देउवासँग छलफल भएको जानकारी दिए।

कांग्रेसले विसं २०७८ चैतमा नेविसंघको अध्यक्षमा शेर्पा र तरुण दलको अध्यक्षमा गुरुङलाई जिम्मेवारी दिएपनि त्यसपछि भने कार्यसमिति विस्तार हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077