Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली पुगे बालुवाटार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । आइतबार अपरान्ह ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिए पनि सरकारलाई पूर्णता दिन नसक्दा सत्ता साझेदार दलका शीर्ष नेता छलफलमा व्यस्त छन् ।

सरकारको पूर्णतासँगै भेटवार्तामा शक्ति बाँडफाँट, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचनबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यस्तै दुई नेताबीच पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनाका विषयमा पनि छलफल भएको छ । पोखरामा विमान दुर्घटना भएसँगै प्रचण्ड सबै कार्यक्रमहरु रद्ध भएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077