Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बिहानमात्रै नेपाल आइपुगेका कोरियन बाबुछोरा सेतीको खोँचमा अस्ताए

काठमाडौं । पोखरामा आइतबार बिहान जहाज दुर्घटनामा दुई दक्षिण कोरियन नागरिकले पनि ज्यान गुमाएका छन् ।

आइतबार बिहानमात्रै नेपाल आइपुगेका १४ वर्षका बालक यू स्याङ्याङ र ४५ वर्षका यू योङचोएलले जहाज दुर्घटनामा ज्यान गुमाएका हुन् ।

बिहान ९ बजे एयर इण्डियाको विमानबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका कोरियन बाबुछोरा लगत्तै पोखरा लागेका थिए । साढै १० बजे यती एयरलाइन्सको एटीआर-७२ विमानबाट पोखरा प्रस्थान गरेका उनीहरू गन्तव्य नपुग्दै सेतीको खोंचमा अस्ताए भए ।

यो विमानमा चार चालक दलका सदस्यसहित ६८ यात्रु थिए । दुर्घटनामा परेका ७२ मध्ये नागरिक उड्डयन प्राधिकरणले ६९ जनाको मृत्यु पुष्टि गरेको छ । शव भेटिएकामध्ये ११ जनाको सनाखन भइसकेको छ ।

पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको ९एन–एएनसी एटीआर७२ जहाज दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077