Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यती एयर दुर्घटना : पत्रकार पौडेलको निधन, महासंघले १३ दिनसम्म शोक मनाउने

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ ।

काठमाडौंबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटीआर–७२ विमान दुर्घटना हुँदा पत्रकार पौडेलको निधन भएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ३७ वर्षीय पौडेलको निधनप्रति महासंघले शोक व्यक्त गरेको छ ।

महासचिव रोशन सुरीद्वारा जारी विज्ञप्तिमा पौडेलको निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध र शोकमग्न भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077