Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यती जहाज दुर्घटना : सेती खोँचमा विलय भए कञ्चपुरका आमाछोरा

कञ्चनपुर । पोखरामा आइतबार बिहान जहाज दुर्घटनामा कञ्चपुरका आमा छोराले ज्यान गुमाएका छन् । कञ्चनपुरका व्यवसायी सञ्जिवचन्द्र भट्टकी श्रीमती र छोरा दुर्घटनामा परेका हुन् ।

घुम्नका लागि यती एयरलाइन्सको जहाजमा पोखरा उडेका व्यवसायी भट्टकी श्रीमती सुष्मा पाण्डेय भट्ट र कान्छो छोरा स्लक भट्ट दुर्घटनामा परे ।

व्यवसायी भट्ट पुस ५ मा महेन्द्रनगरबाट काठमाडौं गएका थिए । उनका दुई छोरी र दुई छोरा छन्। कान्छा छोरा दुर्घटनामा परेका हुन्। उनी काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजमा ११ कक्षामा अध्ययनरत थिए ।

दुर्घटनामा परेका ७२ मध्ये नागरिक उड्डयन प्राधिकरणले ६९ जनाको मृत्यु पुष्टि गरेको छ । शव भेटिएकामध्ये ११ जनाको सनाखन भइसकेको छ ।

पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको ९एन–एएनसी एटीआर७२ जहाज दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077