Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

‘गो टु नेपाल’ भन्दै इन्स्टाग्राममा फोटो राखेकी रुसी नागरिक बान्डुरोको सपना अधुरै

काठमाडौं । पोखरामा आइतबार बिहान जहाज दुर्घटनामा रुसी नागरिक इलिना बान्डुरोले पनि ज्यान गुमाएकी छिन् । उनी शनिबार मात्र नेपाल आइपुगेकी थिइन् ।

नेपाल आएपछि पोखरा जाँदै गरेकी उनले इन्स्टाग्राम स्टोरीमा माछापुच्छ्रेको फोटोसँग आफ्नो फोटो राख्दै ‘गो टु नेपाल’ लेखेकी थिइन् । उनी आइतबार बिहान घुम्नका लागि यती एयरलाइन्सको जहाजमा पोखरा उडेकी थिइन् । तर उनी पोखरा नपुग्दै सेतीको खोँचमा बिलाइन् ।

उनको नेपाल घुम्ने सपनासमेत अधूरै रह्यो । उनीसहित चारजना रुसी नागरिकले ज्यान गुमाएका छन् । दुर्घटनामा परेका ७२ मध्ये नागरिक उड्डयन प्राधिकरणले ६९ जनाको मृत्यु पुष्टि गरेको छ ।

शव भेटिएकामध्ये ११ जनाको सनाखत भइसकेको छ । पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको ९एन–एएनसी एटीआर७२ जहाज दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077