Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विमान दुर्घटनामा पर्वतका मात्रै ९ जनाको मृत्यु, पाँचको सनाखत

कास्की । आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका नौजनाको ज्यान गएको पुष्टि भए पनि पाँचजनाको सनाखत भएको छ।

ज्यान गुमाउनेमा पर्वतको कुस्मा नगरपालिका– १४ आर्थर डाँडाखर्कका त्रिभुवन पौडेल, कुस्मा नगरपालिका–९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धि पौडेल छन्।

त्यसैगरी, कुस्मा नगरपालिका–१ पाङका १० महिने बालक रिहान पौडेल र रचना काफ्लेको सनाखत भएको छ भने पर्वतको बिहादी गाउँपालिकाका चारजनाको सनाखत हुन सकेको छैन। उनीहरूको नामावलीसमेत पहिचान हुन सकेको छैन।

दुर्घटनामा ज्यान गुमाउनेमा पर्वतको कुस्माका बाबुछोरी नै छन्। दुर्घटनामा कुस्मा नगरपालिका– ९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धिको निधन भएको छ। काठमाडौंको बृहस्पति विद्या सदनमा कक्षा ५ मा पढ्ने छोरी प्रसिद्धि जन्मघर पर्वत आउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन्।

मृतक पौडेल ९ वर्ष कोरियामा बसेर फर्किएका थिए। अधिकारीका अनुसार कोरियाबाट फर्केपछि पौडेल तीन छोरी र श्रीमतीसँग काठमाडौंमा बस्दै आएका थिए। कोरियाबाट फर्किएपछि समाजसेवामा लागेका उनी गत मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077