Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बिहेको उत्सव मनाउन अमेरिकाबाट फर्केका राजन, सेतीको खोँचमा बिलाए

कास्की । पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आज बिहानैदेखि खुसियाली थियो। एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गरेका राजन।

अमेरिकाबाट शनिबार काठमाडौं झरेका राजनलाई लिन उनकी श्रीमती आशिका हिजो नै काठमाडौं पुगेकी थिइन्। माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पत्ति यती एयरलायन्सको जहाज चढी पोखरा आउँदै थियो। पोखराको विमानस्थलमा झर्न नपाउँदै श्रीमान्–श्रीमती नै दुर्घटनामा परे।

सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो। बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ। सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस बनेकी छन्। उनका छरछिमेक सबैका आँखा रसाएका छन्।

डिभी परेर २ वर्ष अघि मात्र अमेरिका गएका सापकोटा गर्त वर्ष बिहे गर्नका लागि पोखरा आएका थिए। गत वर्ष माघको १९ गते विवाह गरेका सापकोटा पुनःअमेरिका फर्की शनिबार मात्रै नेपाल आएका थिए। उनका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट एवं बिहेको एक वर्षपछिको उत्सव (ज्युँती मेटेर) मनाएर फर्कने गरी राजन आएका थिए।

‘दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छौँ,’ प्रकाशचन्द्रले भने। उता दुर्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन्। सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि उक्त विमानमा सँगै दुर्घटनामा परेका छन्।

घरायसी कामकाजको सिलसिलामा काठमाडौं गएका कुँवर दम्पत्तिले छोराछोरीलाई भने शनिबार बसमा पोखरा पठाएका थिए। जहाज दुर्घटनामा हेमाजाकै ४ जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077