Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दुर्घटनाको शोकमा आज यती एयरलाइन्सका सबै उडान रद्द

काठमाडौं । यती एयरलाइन्सले आजका लागि पूर्वनिर्धारित सबै उडान रद्द गरेको छ । आइतबार साँझ सूचना जारी गर्दै एयरलाइन्सले आजका लागि तोकिएका सबै नियमित उडान रद्द गरिएको जनाएको हो ।

एयरलाइन्सले आपत्कालीन र उद्धार उडान भने जारी रहने जनाएको छ । आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो ।

विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना व्यक्ति रहेका थिए ।

विमानमा ४ जना चालक दलका सदस्यसहित ५७ जना नेपाली, पाँच जना भारतका, चार जना रुसका, दुई जना दक्षिण कोरियाका तथा आयरल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिजा र फ्रान्सका एकरएक जना यात्रु रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हालसम्म ६९ शव फेला परेका छन् । ३ जनाको अझै अज्ञात छ । अहिलेसम्म ११ जनाको शव सनाखत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077