Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यती विमान दुर्घटना

    घटना सेलाए पनि काम सेलाउन दिन्नौं, प्रभावकारी काम सुरु हुन्छ : गृहमन्त्री लामिछाने

    घटना सेलाए पनि काम सेलाउन दिन्नौं, प्रभावकारी काम सुरु हुन्छ : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 513
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यातायात सुरक्षाबारे प्रभावकारी काम थाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति आफ्नो धारणा राख्दै मन्त्री लामिछानेले सार्वजनिक यातायातको सुरक्षाबारे छलफल चलिरहेको र अब आजैदेखि प्रभावकारी काम सुरु हुने बताएका हुन् ।



    पोखरामा आइतबार भएको विमान दुर्घटनापछि सरकारले दिएको शोक बिदाको आलोचना भइरहेका बेला गृहमन्त्री लामिछानेले धारणाहरुप्रति सम्मान प्रकट गर्दै आगामी दिनमा यस्ता सुझावहरुलाई मनन गरिने प्रतिवद्धता व्यक्त गरे ।



    उनले भनेका छन्, ‘सार्वजनिक यातायात सुरक्षा बारे छलफल गरिरहेकै थियौं। तर, अब भोलिबाटै प्रभावकारी काम सुरु हुनेछ, घटना सेलाए पनि काम सेलाउन दिन्नौं। उपप्रधान तथा गृहमन्त्रीका हैसियतले, शोक बिदाको निर्णयप्रति आएका धारणाहरुप्रति सम्मान प्रकट गर्दै आगामी दिनमा यस्ता सुझावहरुलाई मनन गरिने जानकारी गराउँदछु।’

    आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना व्यक्ति रहेका थिए ।

    विमानमा ४ जना चालक दलका सदस्यसहित ५७ जना नेपाली, पाँच जना भारतका, चार जना रुसका, दुई जना दक्षिण कोरियाका तथा आयरल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिजा र फ्रान्सका एक/एक जना यात्रु रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हालसम्म ६९ शव फेला परेका छन् । ३ जनाको अझै अज्ञात छ । अहिलेसम्म ११ जनाको शव सनाखत भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार