Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं। सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ।

इटहरीको जनता क्रिकेट पार्कमा सोमबार भएको खेलमा सुदूरपश्चिमले गण्डकीलाई ९ विकेटले पराजित गरेको हो।

गण्डकीले दिएको ६१ रनको झिनो लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

सुदूरपश्चिमको जितमा कप्तानसमेत रहेकी ओपनर विन्दू रावलले सर्वाधिक अविजित ४६ रनको योगदान गरिन् ।

बलिङमा गण्डकीकी निरुता जीटीले १ विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले कमजोर प्रदर्शन गरेको थियो ।

पूरा २० ओभर खेलेर ९ विकेट गुमाउँदै ६० रन बनाएको गण्डकीका लागि तेस्रो नम्बरमा ब्याटिङ गरेकी सीमाना केसीले सर्बाधिक १३ रन बनाइन् । गण्डकीले १२ अतिरिक्त रन पाएको थियो ।

बलिङमा सुदूरपश्चिमकी मनिषा चौधरीले ४ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चिन् । इश्वरी भट्ट र स्नेहा महराले १–१ विकेट लिए । गण्डकीका तीनजना ब्याटर रनआउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077