Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रूसी आक्रमणमा मृत्यु हुने युक्रेनीको संख्या ४० पुग्यो

एजेन्सी । रुसले युक्रेनमा हालै गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेहरुको शव धमाधम फेला भेटिन् थालेका छन् ।

रुसले युक्रेनको दिनिप्रो शहरस्थित आवासीय भवनमा गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ४० जना पुगेको हो ।

उद्धारकै क्रममा भग्नावशेषमा च्यापिएकाहरुको थप शव फेला परेको हो । आक्रमणमा वेपत्ता भएका ३२ जनाको खोजी कार्य जारी रहेको छ ।

युक्रेनको आवासीय भवन लक्षित आक्रमणको सर्वत्र विरोध भइरहेका बेला रुसले युक्रेनका पूर्वाधार र आवासीय भवन लक्षित आक्रमण नगरेको दावी गर्दै आएको छ । रुसको पछिल्लो मिसाइल आक्रमणका कारण युक्रेनतर्फ ठूलो क्षति पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077