Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : लगातार तेस्रो जितसँगै प्रदेश-१ सेमिफाइनलमा

काठमाडौं । प्रदेश नम्बर-१ ले इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १० विकेटको जित निकाल्दै प्रदेश-१ ले लगातार तेस्रो जित निकालेको हो ।

यस जितसँगै प्रदेश-१ ले सेमिफाइनलमा स्थान बनाएको छ । कर्णालीको यो लगातार तेस्रो हार हो ।

मैदान ओसिलो भएको कारण ढिला सुरु खेल ११ ओभरमा झारिएको थियो । जसमा कर्णालीले प्रदेश-१ लाई ४० रनको लक्ष्य दिएको थियो ।

कर्णालीले दिएको लक्ष्य प्रदेश-१ ले ४ ओभर ५ बलमा बिना विकेटको क्षतिमा ४० रन जोड्दै पूरा गर्यो ।

प्रदेश-१ का ज्योति दनुवार, रुबिना क्षेत्री, संगीता राई र काजोल राजवंशीले १/१ विकेट हात पारिन् ।

प्रतियोगितामा आजै सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्ने छन् । यो खेल दिउँसो १ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077