Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फेसबुकमा जागिरको विज्ञापन गरेर लाखौँ ठगी, एक जना पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीमा पठाउने भन्दै फेसबुकमा विज्ञापन देखाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोको सान्नी त्रिवेणी गाँउपालिका ४ घर भई हाल काठमाडौं बस्ने २६ वर्षीय पुर्णनाथ योगी रहेका छन् ।

योगीले फेसबुकमा आकर्षक तलव सुबिधामा फ्रान्स, स्विजरल्याण्ड जस्ता बिकसित देशहरुमा रोजगारीको अबसर रहेको विज्ञापन गरेर पीडितहरूलाई सम्पर्कमा ल्याउँने गरेको प्रहरीले बताएको छ ।

आरोपीले पीडितहरूलाई आफ्नै खातामा पैसा जम्मा गर्न लगाउँने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पैसा जम्मा गरेपछि सक्कल नागरिकता र पासपोर्ट मागेर पीडितकै नामको सिमकार्ड निकालेर अनलाइन बैंकिङ मार्फत ‘ओटिपी’ कोड लिएर पैसा चोर्ने गरेको प्हरीले जनाएको छ ।

उनले १२ जनाबाट १८ लाख ७८ हजार ६१५ रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका योगीलाई कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077