Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सभामुखका उम्मेदवार घिमिरेको प्रस्तावक सुवास नेम्वाङ र हितराज पाण्डे समर्थक

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने भएका छन् ।

बुधबार १ बजे संसद भवन नयाँबानेश्वरस्थित लोत्से हलमा पुगेर घिमिरेले सभामुखमा उम्मेदवारी दिनेछन् ।

नेकपा एमालेले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनको मनोनयन पत्र पनि तयार भइसकेको छ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे बसेका छन् ।

सत्ता गठबन्धनका दलहरूबीच सभामुख एमाले र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको छ ।

सभामुखका लागि घिमिरेसँगै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मालगायतले आकांक्षा राखेका थिए। तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार घिमिरेको नाम ‘फाइनल’ भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077