Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

५६ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, १२ जिल्लामा जारी (विवरणसहित)

५६ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, १२ जिल्लामा जारी (विवरणसहित)

सोमवार , जेठ २५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभरका ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।

पार्टीका प्रवक्ता मनिष झाले जेठ २३ र २४ गते तय गरिएको ६८ जिल्ला अधिवेशनमध्ये हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न भएको जानकारी दिए ।

उनका अनुसार बाँकी १२ जिल्लामा अधिवेशन प्रक्रिया जारी रहेको छ ।

बागमती प्रदेशका सबै जिल्लाले नयाँ नेतृत्व पाएपनि सिन्धुपाल्चोकमा अधिवेशन स्थगित भएको बताउँदै उनले डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ र मुस्ताङमा नभएको बताए। 

यस्तै मधेश प्रदेशका कुनै प्रदेशले पनि कुनै जिल्लाले पनि अहिलेसम्म नेतृत्व चयन गर्न सकेको छैनन्।

५ जिल्लामा निर्वाचनको चरणमा रहेपनि धनुषामा २६ सप्तरी र बारामा २५ गतेका लागि अधिवेशनको मिति तय भएको छ।

रास्वपाले संगठन विस्तार तथा नेतृत्व चयनलाई केन्द्रमा राखेर जिल्ला अधिवेशन सञ्चालन गरिरहेको जनाएको छ । 

पार्टीले अधिवेशनमार्फत स्थानीय तहसम्म संगठन सुदृढ बनाउने लक्ष्य लिएको बताइएको छ ।

पार्टीले आगामी जेठ २६ गतेदेखि प्रदेश अधिवेशन सुरु गर्ने तयारी गरेको छ। 

साथै राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने बाँकी १० जिल्लामा राष्ट्रिय महाधिवेशनपछि अधिवेशन गरिने योजना रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम राष्ट्रिय महाधिवेशन २०२६ आगामी असार ७ देखि ९ गते चितवनमा हुने तय भएको छ।

6.webp

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077