Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : लुम्बिनीलाई हराउँदै मधेस सेमिफाइनलमा

काठमाडौं । मधेस प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट महिला प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

इटहरीको जनता क्रिकेट पार्कमा बुधबार भएको खेलमा मधेसले लुम्बिनीलाई १६ रनले पराजित गरेको हो।

मधेसले प्रस्तुत गरेको १०८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ९१ रनमात्र जोड्न सक्यो ।

लुम्बिनीका रन्जु श्रेष्ठ र मधु डिसीले अविजित समान २१ रन बनाएपनि टिमको हार टार्न सकेनन् । ओपनर लक्ष्मी चौधरीले १२ रन जोड्दा आश्मा पुलमी मगर र कप्तान सरस्वती घर्तिमगरले ११/११ रन जोडे ।

मधेसकी भुमी सिंहले दुई विकेट लिँदा अमिरन निशाले एक विकेट लिइन् ।

यसअघि टस हारेपछि ब्याटिङमा आएका मधेसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०७ रनको योगफल खडा गरेको थियो ।

मधेसकी साना प्रविनले अविजित ४६ रन जोडेकी थिइन् । यसबाहेक टिमका खातामा रोजी काडरीले १५ रन थप्दा मधेसले २७ रन अतिरिक्त पाएको थियो ।

मधेसले अब फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता सुदूरपश्चिम प्रदेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077