Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सभामुखको उम्मेदवारीपछि घिमिरेले भने - प्रतिनिधिसभा निष्पक्ष ढंगले सञ्चालन गर्छु

काठमाडौं । नेकपा एमालेको प्रस्तावमा सभामुखमा उम्मेदवारी दिएका देवराज घिमिरेले प्रतिनिधिसभालाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने बताएका छन् ।

उम्मेदवारी दिएपछि उनले सभामुखले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी हुन नदिने बताएका हुन् । घिमिरेले आफू सभामुख निर्वाचित भइसकेपछि संसदलाई सहमतिको आधारमा अगाडि बढाउने बताए ।

उनले भने, ‘विगतको शिक्षालाई लिएर राजनीतिक पार्टीहरुसँग छलफल गरेर सहमतिको आधारमा प्रक्रियालाई अगाडि बढाउँछु। म आरोप प्रत्यारोप पूर्वाग्रह भन्दापनि यथार्थको आधारमा ठीक ढंगले अघि बढ्छु।’

उनले आफनो जित सुनिश्चित भएको जिकिर गरे। उनले विगतबाट शिक्षा लिँदै संसदमा प्रभावकारी ढंगबाट अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077