Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्रान्स पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने तेजेन्द्र पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका-८ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ सतुङगल बस्‍ने ४६ वर्षीय तेजेन्द्र महत रहेका छन् ।

महतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सतुङ्गलबाट पक्राउ गरेको हो ।

उनीमाथि राजेन्द्र रानामगरसहित ३ जनासँग प्रतिव्‍यक्ति १० लाख रुपैयाँ भन्‍दै पटक पटक गरेर १९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका महतलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077