Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : बागमतीको सान्त्वना जित

काठमाडौं । बागमती प्रदेशले पीएम कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ ।

सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा बुधबार समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३७ रनले पराजित गर्दै बागमतीले पहिलो जितसँगै प्रतियोगिताको अन्त्य गरेको हो ।

गण्डकीका लागि सिमना केसीले सर्वाधिक ३६ रनको पारि खेलिन् । तर उनले हार जोगाउन असफल भइन् । यसैगरी सृष्टि जैसी ३४ रन जोड्दा अरुले दोहोरो अंकमा रन बनाएनन् ।

बागमतीकी अस्मिना कर्माचार्यले ३ विकेट लिँदा विपीशा शाही र सेविका यादवले एक एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो । कन्चन श्रेष्ठले ५६ रनको अर्धशतकीय पारि खेलेकी थिइन् । उनले अस्मिना कर्माचार्यले १८, सोनी पाख्रिनले १३ तथा अस्मिता खरेलले १२ रन जोडीन् । यसैगरी हेलिषा गुरुङले ११ रनको योगदान गरिन् ।

यसैगरी कुसुम गोदार, सृष्टि जैशी, निरुता जिटी, सिमना केसीले एक एक विकेट लिए ।

आउँदो शुक्रबार हुने सेमिफाइनल खेलमा सुदूरपश्चिमले मधेस प्रदेशविरुद्ध र प्रदेश–१ ले एपीएफविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077