Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मन्त्रिपरिषद् निर्णय : दुई सचिवको सरुवा, को कहाँ ?

    मन्त्रिपरिषद् निर्णय : दुई सचिवको सरुवा, को कहाँ ?

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 489
    SHARES

    काठमाडौँ । सरकारले दुईजना सचिवको सरुवा गरेको छ ।

    बुधबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवको सरुवा गरेको हो ।



    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सो मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा स्थानान्तरण गर्ने निर्णय भएको बताइएको छ ।



    यस्तै आजको बैठकले सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई तोकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार