Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विमान दुघर्टनाबारे संसदमा विशेष शोक प्रस्ताव पारित

काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधि सभाले पोखरामा भएकाे यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आज बिहीवारको बैठकको अन्तिममा सभामुखको भूमिकामा समेत रहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले राख्नुभएको शोक प्रस्ताव पारित भएको हो ।

बैठकमा मृतकहरूको सम्झनामा एक मिनेट मौनधारण पनि भएको छ ।

१ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077