Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रास्वपाले उपसभामुखको उम्मेदवार शुक्रबार टुंगो लगाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखको उम्मेदवार शुक्रबार टुंगो लगाउने भएको छ।

सो पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार बिहान ९ बजे संसदीय दलको बैठक बस्ने बताए।

‘आजसम्म हामीलाई सभामुख महिला हुनुहुन्थ्यो कि पुरुष भन्ने थाहा थिएन। अब हामीलाई पुरुष सभामुख हुनुभयो भन्ने थाहा भयो। अब उपसभामुखका लागि महिला उम्मेदवार नै छान्नुपर्ने हुन्छ। त्यसका लागि भोलि ९ बजे संसदीय दलको बैठक बस्नेछौँ। हाम्रो बैठकले तय गर्छ,’ उनले भने।

बैठकमा छलफल नभइकन उपसभामुखको सम्भावित उम्मेदवारबारे भन्न नसकिने लामिछानेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077