Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वप्रकाशलाई ओलीको जवाफ - संयन्त्रलाई पिंजडा ठान्नु अशुभको संकेत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रणालीमा बाँधिनुलाई पिंजडा ठान्नु अशुभको संकेत भएको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदसमेत नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार सञ्चालनका लागि अध्यक्ष ओलीको नेतृत्वमा गठित संयन्त्रले सरकारलाई पिंजडामा राखेको आरोप लगाएका थिए ।

अध्यक्ष ओलीले संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै सांसद शर्मालाई जवाफ दिएका हुन् ।

‘बेलगाम चल्ने कुरालाई, थिति नमान्ने कुरालाई, प्रबन्धभित्र बाँधिनेलाई पिंजडा ठान्ने कुरा यो नै अशुभको संकेत हो,’ उनले भने। उनले यस किसिमको संयन्त्रको अध्यास कांग्रेसले नै चलाएकाले यो त्यसको निरन्तरता मात्र भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077