Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसको चेतावनी - नाटोले युक्रेनलाई हतियार पठाए अर्को तहको युद्ध हुन्छ

एजेन्सी । नाटोले युक्रेनलाई हतियार पठाए थप खतरनाक युद्ध हुने रुसले चेतावनी दिएको छ ।

पश्चिमा देशहरूले युक्रेनमा थप शक्तिशाली सैन्य उपकरणहरू पठाउने तयारी गरिरहेका बेलामा रुसले वक्तव्य जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

जर्मनीले पनि युक्रेनलाई थप ट्यांकहरू आपूर्ति गर्नुपर्ने बताइरहेको बेला रुसले अर्को तहको युद्ध हुने चेतावनी दिएको छ । पछिल्लो समय युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले प्रयाप्त हतियार नपाएको भन्दै निराशा व्यक्त गर्दै आएका छन् ।

बेलायतले यसअघि ट्यांक पठाउने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077