Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप महिला क्रिकेट : आज सेमिफाइनलका खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछन् ।

सुनसरीको इटहरीमा भइरहेको प्रतियोगितामा आज पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश खेल्दै छन् । यो खेल अहिले जारी छ ।

मधेस प्रदेशविरुद्ध टस जितेर सुदूरपश्चिम व्याटिङ गरिरहेको छ । सुदूरपश्चिम समूह 'ए' को विजेता र मधेस प्रदेश समूह 'बी' को उपविजेता टोली हो ।

आज नै हुने दोस्रो सेमिफाइनलमा प्रदेश १ र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । प्रदेश १ समूह ‘बी’ को विजेता र एपीएफ समूह 'ए' को उपविजेता हो । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077