Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप महिला क्रिकेट : मधेशलाई हराउँदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । मधेश प्रदेशलाई पराजित गर्दै सुदुरपश्चिम प्रदेश इटहरीमा जारी रहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कविता कुँवर र कप्तान बिन्दु रावलले ९४ बलमा १ सय २८ रनको कीर्तिमानी ओपनिङ साझेदारी गरेपछि सुदुरपश्चिमले मधेशलाई १ सय १४ रनले पराजित गरेको हो ।

इटहरीको जनता क्रिकेट पार्क क्रिकेट मैदानमा सुदुरपश्चिमले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ८ विकेट गुमाएर ६६ रन मात्र बनाउन सक्यो ।

मधेशका लागि प्रतिमा शाह १९ रनमा आउट हुँदा सिमा कुँवरले १६ रन बनाईन् । अलिशा यादव १४ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदुरपश्चिमका लागि मनिशा चौधरी र रितु कनौजियाले समान दुई दुई तथा कविता कुँवर,रितु कनौजिया र स्नेहा महराले समान एक एक विकेट लिए ।

सुदुरपश्चिमका लागि कविता कुँवर र बिन्दु रावलले अर्धशतक बनाए । कुँवरले ५४ बलमा १२ चौका तथा १ छक्का प्रहार गर्दा ७० तथा कप्तान बिन्दु रावलले ५२ बलमा अविजित ६० रन बनाईन् ।

अब सुदुरपश्चिमले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि शनिबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077