Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - दुई छिमेकीसँग कार्ड खेल्नु हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई छिमेकी देशसँग कार्ड खेल्न नहुने बताएका छन्।

एमाले परराष्ट्र मामीला विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने,‘दुइ छिमेकी संग कार्ड खेल्ने होइन । सन्तुलीत, विश्वसनिय भरपर्दो, एउटाको हित अर्काको अहित गर्ने कार्य गर्नुहुँदैन । हामी असल छिमेकी हुन चाहन्छौं। कुभलो गर्दैनौं । उनीहरूका जायज चासो चिन्तालाई सम्बोधन गरेर अगाडी जान्छौं।’

नेपालको भूमी कसैकाविरुद्ध प्रयोग हुन नदिने ओलीले बताए। उनले भारत र चिनसंग कार्ड खेल्न नहुने बताए। ओलीले कुनै पनि देशले आफ्नो स्थिति र विकास र सुरक्षालाई ध्यानमा राखेर विदेश नीति अपनाउने बताए ।

उनले पञ्चशीलका सिद्धान्तका आधारमा परराष्ट्र नीतिप्रति नेपाल पनि प्रतिवद्ध रहेको भन्दै कतिपय देशहरुले अपनाउने परराष्ट्र नीतिका कारण विलय हुनुपरेको स्मरण गराए ।

अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारमा भएपनि नभएपनि दुई छिमेकीबीचको सम्बन्ध सन्तुलित र भरपर्दो हुनुपर्ने भन्दै छिमेकीका निम्ती असल छिमेकी हुन चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077