Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप महिला टी-२० को उपाधिमा प्रदेश १ र सुदूरपश्चिम भिड्ने

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि घरेलु टोली प्रदेश १ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ ले सुदूरपश्चिमसँगको भेट निश्चित गरेको हो ।

शुक्रबार विहान भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ११४ रनले पराजित गरी फाइनलमा पुगेको थियो । फाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077